कर्णाली सरकारद्वारा अक्सिजनसहितका थप ५ सय बेड तयार गरिने



पोखरा

कोभिड–१९ का बिरामीको चाप दिनप्रतिदिन बढिरहेकाले कर्णाली प्रदेश अस्पतालमा थप ५ सय बेड तयार गरिने भएको छ । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । तत्कालका लागि अक्सिजनसहितका सय बेड तयार गरिने छ । जसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयका, आर्थिक मन्त्रालयका सचिव तथा प्रमुख जिल्ला अधिकारीले कार्यान्वयन गर्ने गराउने छन् ।
साथै आवश्यक बजेटको व्यवस्था गरी ३ सय बेड तयारीको लागि प्रिफ्यावको हल बनाउन नेपाली सेनाको आवश्यक सहयोग लिइने छ । जुम्लामा आवश्यक व्यवस्थासहितको बेड भएकाले कालिकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका अस्पतालहरुमा अक्सिजनसहित सय सय बेड र बाँकी अन्य जिल्लामा  पनि सोही बमोजिम ५० बेड तयार गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

यस्तै बिरामीको उपचारको लागि विशेष व्यवस्थापनसहित सामाजिक विकास मन्त्रालयको सचिवको संयोजकत्वमा टिओरसहितको स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश अस्पताल तथा प्रदेश भित्रका  जिल्लाका अस्पताल प्रमुखहरुको एक इकाइ स्थापना गरी कोभिड–१९को बिरामीको प्रभावकारी उपचार गराउने निर्णय पनि बैठकले गरेको छ  ।  

कर्णालीमा दक्ष जनशक्तिको अभावलाई मध्यनजर गरी सबै अस्पतालहरुमा कार्यरत मौजुदा स्वास्थ्यकर्मीको सूची तत्काल तयार गरी मौजुदा स्वास्थ्यकर्मी कर्मचारी संख्याको २५ प्रतिशतले नियमित कार्य र बाँकी संख्याका स्वास्थ्यकर्मी कर्मचारीले कोरोनाका बिरामीको उपचारको कार्य गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने भएको छ ।  

यस्तै जिल्ला अस्पतालहरुमा ई–हाजिरी लागू गरिनुका साथै बिरामीको मनोबल बढाउन प्रदेश अस्पतालमा ४ जना र   अन्य सबै अस्पतालहरुमा २ जना काउन्सिलर राख्ने व्यवस्था गरिने भएको  छ। 
बैठकले विशेषज्ञ जनशक्ति र आवश्यक औषधी तथा अक्सिजन सिलिन्डरको व्यवस्था गर्नका लागि सामाजिक विकास मन्त्रालयले संघीय मन्त्रालयलाई अनुरोध गर्ने छ ।   
अन्य निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja