प्रदेशसभा सांसद खत्री माओवादी केन्द्रमा रहने, एक बहुमत पुर्‍याउन पोखरेललाई समस्या



पोखरा

लुम्बिनी प्रदेशसभाका सांसद विमलाकुमारी खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छन् ।

सांसद खत्रीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफू आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । उनले वैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरी औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको स्पष्ट पारिन ।

पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन । मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरूले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरूले धेरै सहयोग गर्नुभएको हो ।’

उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।

सांसद खत्रीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

खत्रीको यो निर्णयसँगै मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट एकल बहुमत जुटाउने शंखर पोखरेलको योजना विफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja