खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण



पोखरा

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja