पोखराको एउटै वडामा १४ जनालाई कोरोना संक्रमण
पोखरा
कास्की जिल्लाको पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराको वडा न ४ मा १० जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको जनाइएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उहाँहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको शर्माको भनाइ छ । योसँगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १६ हजार ४३५ पुगेको छ ।