बागलुङमा स्वास्थ्यकर्मी र व्यापारीमा कोरोना पुष्टि, तनहुँमा २२ संक्रमित थपिए
पोखरा
गण्डकी प्रदेशमा आइतबार बिहान थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङ तमानखोलाका २ महिला र तनहुँ भानुका १९ पुरुष र ३ महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
बागलुङमा सङ्क्रमित हुने तमानखोलाका २३ र ३० वर्षका महिला मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी गरेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी आइबार बिहान तनहुँको भानु – ६ का २३ देखि ६९ वर्ष उमेर समुहका ९ जना पुरुष, भानु – ७ का २७ देखि ६० वर्ष उमेर समुहका १० पुरुष तथा ८ वर्षीया बालिका सहित २५ वर्षीया एक र ५४ वर्षीया एक महिलामा कोरोना देखेएको निर्देशनालायले उल्लेख गरेको छ ।