नेविसंघ पोखरा विश्व विद्यालयको को रिले अनशन स्थगित, थप दवाबमुलक कार्यक्रमको तयारी गर्ने चेतावनी।।।



पोखरा।।। नेपाल विद्यर्थी संघ केन्द्रिय सभापति राजीव ढुंङ्गाना र महामन्त्री दिपक भट्टराईको संयुक्त निर्देशनमा नेविसंघ पोखरा विश्वविद्धालय मुल इकाइ समितीको रिले अनसन केही दिनको लागी स्थगित भएको छ।
११ महिना देखि उपकुलपति र रजिस्ट्रार बिहिन बनेको पोखरा बिश्वबिद्यालयमा नेतृत्व माग गर्दै नेपाल विद्यर्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समिती २६ दिन देखि अनशनरत थियो। समुदाय स्तरमा कोरोना फैलिए संगै कास्की जिल्ला प्रशासनले नै २०७७ भाद्र २ राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि नेविसंघको अनशन पनि केही दिनको लागि स्थगित हुन लागेको नेविसंघ कास्कीका नेता प्रताप बानियाले पोखरा आज लाई जानकारी दिनुभयो ।
भाद्र २ गते नेवि संघ कास्की नेता फिरोज सुवेदी ले सुचना जारीगर्दै केन्द्रिय सभापति राजिब ढुंङ्गना र केन्द्रिय महामन्त्री दिपक भट्टराईको संयुक्त निर्देशनमा रिले अनसन हाल लाई स्थगित भएको जानकारी दिनुभएको हो।
पोखरा बिश्वबिद्धालयको रिले अनसनलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समीतीले एकीबद्यता जनाउंदै आइरहेको थियो।
बरिष्ठ उपसभापति दिपेन्द्र गौतमका अनुसार बिगत ११ महिना देखि उपकुलपति र रजिस्ट्रार बिहिन बनेको पोखरा बिश्वविद्यालयमा केही समय देखि बिश्व विद्यालयका महत्वपूर्ण पद परिक्षा नियन्त्रक,संकाय डिन तथा स्कुलका डिरेक्टर हरु पनि रिक्त छन। उक्त पद हरु रिक्त भएकाले बिश्व विद्यालयका चालीस हजार विद्यार्थीको भबिस्य अन्योल परि रहेको छ। विश्वविद्यालयलाई अनिर्णयको बन्दिबाट मुक्त गराई रिक्त पदहरु यथाशीघ्र परिपुर्तीको माग राख्दै नेविसंघ अनसन बस्न बाध्य भएको गौतमले सुचित गर्नु भएको छ। तर २५ दिन सम्म को दिनरातको रिले अनशन बस्दा पनि सरकार मौन बसि रहनु बिडम्बना भएको गुनासो गर्नु भयो।

पोखरा विश्व विद्यालयको कार्यलय ९अनसनरत क्षेत्र पनि कास्की भित्र नै पर्ने हुंदा निषेधाज्ञाको पालना गरि आगामी दिनहरुमा थप दवाबमुलक कार्यक्रम हरु को तयारी गर्ने नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका ।जिल्ला सदस्य दिनेश पौडेलले चेतावनी दिनुभएको छ ।
मंगलबार बेलुका ९ बजे अनसन स्थगित गरिएको हो।अनसन स्थगित कार्यक्रममा तरुणदलका नेताद्वय सुवास भण्डारी र प्रकाश पुन, नेविसंघ पोखरा विश्वविद्यालय इकाई सभापती फिरोज सुवेदी लगायतको उपस्तिथि रहेको थियो।तरुण नेताद्वय भण्डारी र पुनले नेविसंघ ,तरुण दल र सिङ्गो नेपाली कांग्रेसको कुरा समयमा नसुन्दा के हालत हुन्छ एकपटक राणा काललाई सम्झिए पुग्छ भनी चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja