हारबाट जोगियो युभेन्टस, ससुओलोसँग बराबरी



पोखरा

 सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स हारबाट जोगिएको छ ।

ससुओलोको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा  युभेन्ट्स अंक बाढ्न बाध्य भएको हो । छैटौँ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । तर घरेलु टोलीका फिलिप ज्यूरिकले २९औं मिनेटमा खेल २–१ मा झारे । डोमनिको बर्दीले ५१औं मिनेटमा खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए । युभेन्ट्सका एलेक्स सान्ड्राले ६४औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजासंगै युभेन्ट्सले लिगमा ७ अंकको अग्रता कायम राखेको छ । युभेन्ट्स पछिल्ला तीन खेलमा जीत निकाल्न असफल छ । उसले ९ गोल भने गरेको छ ।

बराबरीसँगै ससुओलो ४७ अंकसहित आठौं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja