विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित



पोखरा

विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना सिंक्रमित थपिएका छन् ।

योसँगै बुधबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४४९ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ ।

एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७८ लाख ४६ हजार ४२३ संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार २७६ जनाको मृत्यु भएको छ । २५ लाख ९९ हजार ६५ जना संक्रमित भएकोमा १५ लाख ३० हजार ८५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८८ हजार ९७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४१ लाख ५२ हजार ५०४ पुगेको छ । त्यसमध्ये १९ लाख ३९ हजार ६५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७२ हजार ६१८ जनाको मृत्यु भएको छ । ३० लाख ७० हजार ८४६ जना संक्रमित भएकोमा २१ लाख ५४ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८ हजार ३०० जनाको मृत्यु भएको छ । २९ लाख ९० हजार ५१३ जना संक्रमित भएकोमा १८ लाख ९४ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ८०३ जनाको ज्यान गएको छ भने ६ लाख २८ हजार ८८५ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख १६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ९१५ जना संक्रमित भएकोमा ९ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja