पोखरामा ड्याममा डुबेका युवकको शव ४ दिन पछि फेला



पोखरा

पोखरा-२३ घाँटीछिनास्थित सिल्टेसन ड्याममा चार दिन अघि डुबेका युवकको शव फेला परेको छ ।

असार २६ गते आफ्ना साथीसँग ड्याममा पौडी खेल्ने क्रममा डुबेका पोखरा-२७ लेखनाथ सुन्दरीबजारका २१ वर्षीय प्रयुश गुरुङको शव मङ्गलबार फेला परेको हो ।

सशस्त्र, प्रहरी र स्थानीयले संयुक्त टोलीले खोजी गर्ने क्रममा मङ्गलबार दिउँसो गुरुङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । लगातार ४ दिन देखि टोलीले खोजी गर्दै आएकोमा मङ्गलबार जाल हानेर खोजी गर्दा उनको शव भेटिएको डिएसपी हमालले पोखरा न्युजलाई बताए ।

गुरुङको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja