पोखरामा मास्क नलगाई हिँड्ने १ सय २ पक्राउ



पोखरा

पोखरामा सोमबार मास्क नलगाई हिँड्ने १ सय २ जना पक्राउ परेका छन् ।

नेपाल सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न, न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्न तथा पुर्ण रुपमा लकडाउनको पालना गर्न गराउन सबै जिल्ला प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।

यसै अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराका विभिन्न क्षेत्रबाट १ सय २ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । पक्राउ पर्नेलाई जनही १०० रुपैयाँ जरिवाना तिराएर छाडिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले न्युनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न अनुरोध गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सम्पुर्ण नागरिकहरुलाई आग्रह गरेको छ ।

नेपाल सरकारको उक्त निर्देशन नमान्ने उपर संक्रामक रोग ऐन,२०२० अनुसार कारवाही गरिने भन्दै प्रहरीले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja