भारतमा १२ खर्ब लगानी गर्दै गुगल



पोखरा

विश्वको दोश्रो धेरै जनसंख्या भएको मुलुक भारतमा संसारका दिग्गज कम्पनीहरुले व्यापक लगानी गर्न सुरु गरेका छन् । गत अप्रिलमा फेसबुक कम्पनीले भारतीय जियो कम्पनीमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गरेको थियो । फेसबुकले भारतमा लगानी घोषणा गरेको ३ महिना नबित्दै गुगलले १० अर्ब डलर लगानीको घोषणा गरेको छ ।

गुगल तथा उसको मातृ कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाइले हालै एक कार्यक्रममा गुगलले आगामी ५/७ वर्षभित्र भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेका हुन् ।

गुगल फर इण्डिया २०२० कार्यक्रमका क्रममा उनले गुगलको उक्त लगानी इक्विटी, साझेदारी, भौतिक पूर्वाधार तथा पर्यावरण लगानीका रुपमा रहने बताए । उनका अनुसार गुगलले लगानी भारतको डिजिटलाइजेसनका चार महत्वपूर्ण क्षेत्रमा केन्द्रित हुनेछ । त्यसमा भारतमा प्रचलित भाषाहरुमा सुलभ डिजिटल पहुँच तथा जानकारी प्रदान गर्ने, भारतीय आवश्यकतामा आधारित वस्तु तथा सेवाको उत्पादन, डिजिटल रुपान्तरणका लागि व्यवसायहरुलाई सहयोग गर्ने तथा स्वास्थ्य, शिक्षा र कृषिजस्ता सामाजिक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोगलाई सहज बनाउने लगायतका हुनेछन् ।

गुगल सिइओका अनुसार अहिले भारतका २ करोड ६० लाखवटा साना तथा मझौला व्यवसायहरु गुगल सर्चमा भेटाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja