सारा अली खानका ड्राइभरमा कोरोना पोजेटिभ



पोखरा

बलिउड अभिनेत्री सारा अली खानमा पनि कोरोना संक्रमण देखिएको छ । साराले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएकी हुन् ।

अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ ।

सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने कोरोना नेगेटिभ देखिएको बताइएको छ ।

आइतवार सारा आफ्ना पिता सैफ अली खानसँग भेट्न पुगेकी थिइन् । सारासँग उनका ड्राइभर गएका थिए या थिएनन् भन्ने अझै खुलेको छैन ।

यसअघि आमिर खान र बोनी कपूरका स्टाफ, कलाकार रेखाका सेक्युरिटी गार्डमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

बलिउड हस्ती अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्य राय र आराध्यामा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनअघि अर्का अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja