कोरोनाभाइरसबारे ट्रम्पसँग विमति राख्ने फाउचीमाथि खनियो ह्वाइट हाउस



पोखरा

देशमा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा ह्वाइट हाउस देशको शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीमाथि खनिन थालेको छ । शनिबार ह्वाइट हाउसका एक अधिकारीले सीएनएनसँग कुराकानी गर्दै भने, ‘विभिन्न समयमा डा. फाउची गलत साबित भएकोमा ह्वाइट हाउसका अधिकारीहरु चिन्तत छन् ।’ ती अधिकारीले महामारीको सुरुवातमा फाउचीले गरेका टिप्पणी र दिएको अन्तरवार्ताहरुलाई जोड्दै उदाहरणको लामो सूची नै बताए ।

कुनै राजनीतिक प्रतिद्वन्द्वीमाथि प्रतिपक्षले गर्ने खोजसँग मिल्दोजुल्दो देखिने ती सूचीमा शुरुवातमा फाउचीले भाइरसलाई कम आँकलन गरेको, मार्चमा फाउचीले ‘मानिसहरु मास्क लगाएर हिँडिराख्नुपर्दैन’ भन्ने टिप्पणी गरेको लगायत छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र फाउचीबीच बोलचाल बन्द भएको अवस्थामा ह्वाइट हाउसले यो कदम चालेको हो । सार्वजनिकरुपमा दुई जनाबीच तनाव बढेको देखिएको छ । दुवैले अन्तरवार्ता र वक्तव्यमार्फत एक अर्काको भनाइलाई खण्डन गर्दै आइरहेका छन् ।

यसअघि दुवै पार्टीका ६ भन्दा बढी अमेरिकी राष्ट्रपतिसँग मिलेर काम गरिसकेका फाउचीले पत्रिका र रेडियोसँगको अन्तरवार्तामा ट्रम्पसँग असहमति जनाएका थिए । ‘हामीले अन्य देशहरुसँग हाम्रो देशको तुलना गर्यौँ भने हामीले धेरै राम्रो गरेका छौँ भनेर भन्न सकिन्न,’ फाउचीले एक अन्तरवार्तामा भनेका थिए । अमेरिकी राष्ट्रपतिले अमेरिकामा देखिएका ९९ प्रतिशत संक्रमित गम्भीर नभएको बताएका थिए । फाउचीले भने राष्ट्रपतिले यो तथ्याङ्क कहाँबाट पाए भन्नेमा प्रश्न गरेका थिए । ट्रम्पको बुझाइ गलत भएको उनको भनाइ थियो ।

यता, राष्ट्रिय टेलिभिजनमा ट्रम्प फाउचीमाथि बारम्बर खनिन थालेका छन् । गत हप्ता गरिएको एक सर्वेक्षणमा ट्रम्पभन्दा बढी फाउचीलाई अमेरिकी जनताले भरोसा गर्ने बताएपछि ट्रम्पले भनेका थिए, ‘फाउचीले राम्रो मान्छे हुन् तर उनले धेरै गल्ती गरेका छन् ।’ हालैका केही अन्तरवार्तामा ट्रम्पले महामारीको सुरुवातमा फाउची दिएका सुझावमाथि प्रश्न गरेका थिए ।

एक शीर्ष अधिकारीले ह्वाइट हाउसका केही अधिकारीहरु फाउचीमाथि विश्वास नगर्ने बताए । यस विषयमा फाउचीले प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja