पोखराका पसलबाट सुनचाँदीका नमुना लिई हिनामिना गरेको आरोपमा ३ जनामाथि मुद्दा



पोखरा

अनुगमनका क्रममा सुन पसलबाट लिएका सुनचाँदीका गरगहना हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमनमा खटिनेहरुमाथि नै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

करिव चार वर्ष अघि २०७३ को माघ महिनामा काठमाण्डौ र चैत्र महिनामा पोखाराका बिभिन्न सुन पसलबाट अनुगमनको क्रममा संकलन गरेका सुनचाँदीका गहनाको नमुनाको यथार्थ विवरण नराखी हिनामिना गरेको आरोपमा आयोगले ३ जनामाथि मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका निर्देशक रहेका लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्वासे तथा नायब सुब्बा रामबहादुर थापा मगर (हाल सेवानिवृत) विरुद्ध उक्त आरोपमा मुद्दा दायर भएको हो ।

अनुगमनको क्रममा नमुनाको रुपमा संकलन गरिएका सुनचाँदीका गहना तथा सामानको यथार्थ विवरण नराखी हिनामिना गरेको र जिल्ला प्रशासन कार्यालय कास्कीबाट उल्लेखित पसलका गहना जफत हुने ठहरसहित फैसला हुँदासमेत फिर्ता नगरेपछि उनीहरुमाथि मुद्दा दायर भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन् ।

जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत सम्पत्ति उक्त पसल अथवा सम्बन्धित कार्यालयमा फिर्ता नगरी आफू सरुवा तथा सेवानिवृत भएर जादाँ आफैले राखेर हिनामिना गरेको आरोप पत्र दायर गरिएको हो ।

निर्देशक श्रेष्ठले २०७३ माघ ७ गते काठमाण्डौ स्थित ‌ न्युरोडमा रहेको नोज पिन हाउस र २०७३ चैत ३० गते पोखरामा रहेको दलबहादुर एण्ड सुनचाँदी पसल, दी युनाइटेड ज्वलेलर्स प्रालि, गोरखा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी-भूम्दी सुनचाँदी पसलमा अनुगमन गरी सुनचाँदीका गहना हिनामिना गरेको आरोप छ ।

त्यसैगरी अर्का निर्देशक बेल्वासेले सुर्य बहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाण्डौमा तथा नायब सुब्बा मगरले ओम ज्वेलर्स, बिशाल बजार, नटराज ज्वेलर्स बिशाल बजार, संम्बृद्धि ज्वेलर्स न्यूरोड, श्री गणेशाय ज्वेलर्स, न्यूरोड, ब्लु हर्ष ज्वेलर्स प्रालि न्यूरोड र श्री गणेशाय ज्वेलर्स न्यूरोड काठमाडौंमा श्रेष्ठको नेतृत्वमा बुझेका गहनाहरु हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja