बाँदर धपाउने निहुँमा झगडा हुँदा काकाको हत्या, भतिज पोखरामा पक्राउ



पोखरा

बाँदर धपाउने क्रममा सामान्य  झगडामा आफ्नै काकाको  हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम एसपी जिवन कुमार श्रेष्ठका अनुसार आफ्नो ८० वर्षीय काका पिताम्वर सापकोटाको हत्या गरी फरार रहेका वर्ष ५५ का नवराज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि  फरार भएका सापकोटालाई आइतबार विहान ५ :३० बजे  पोखरा -१३ कसेरीबाट पक्राउ गरिएको उनले बताए ।

कास्कीको मादी गाउँपालिका वडा नं ४ स्थित घामनुङमा शनिबार साँझ भएको  झगडमा नवराजले आफ्नै दुई जना काकाहरु पिताम्वर र ७७ वर्षिय केशवराज सापकोटालाइ खुकुरी प्रहार गर्दा पिताम्वरको मृत्यु भएको एसपी श्रेष्ठले जनाए ।

एसपी श्रेष्ठका अनुसार  खुकुरी प्रहारपछि घाइते दुबैलाई मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएकोमा गम्भीर घाइते  पिताम्वरको  उपचारकै क्रममा मृत्यु भएको हो ।  “घाइते मध्ये पिताम्वरलाई वढी चोट लागेको कारण बचाउन सकिएन” एसपी श्रेष्ठले भने–“घाइते दुवैको प्रहरीले उद्धार गरेको हो ।”

भूपु शिक्षक समेत रहेका  अभियुक्त नवराजले बाँदर धपाउनलाई ढुंगा हान्ने क्रममा उनका काकाहरुले आफुँहरुलाई नै ढुंगा हानेको आरोप लगाएपछि आक्रोशित भएका उनले  काकाहरुले खाना खान लागेको मौका छोपी खुकुरी प्रहार गरेको एसपी श्रेष्ठले उल्लेख गरे ।

पक्राउ परेका नवराजलाई कर्तव्य ज्यान मुद्धामा  अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja