तनहुँमा पहिराले घर बगायो, ५ जना घाइते



पोखरा

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उहाँसहित पाँच जना सामान्य घाइते भएको  स्थानीयवासी विशाल ढकालले जानकारी दिए । पहिराले घर बगाएपछि स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए ।

पहिराले घर बगाएपछि मुरलीसहित उनका श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन । “अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उहाँहरुको उद्धार गरेका कारण थप क्षति हुन पाएन”, विशालले भने, “उहाँहरु अहिले छिमेकीका घरमा हुनुहुन्छ ।”

सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिराका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja