गण्डकीका ७ जिल्लामा १५ कोरोना संक्रमित थपिए



पोखरा

गण्डकी प्रदेशमा १५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार आइतबार बिहान गण्डकी प्रदेशका ७ जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार कोरोना पुष्टि हुनेमा स्याङ्जा र गोरखाका १-१ पुरुष, नवलपुरका १ महिला,  लमजुङ्, बाग्लुङ र पर्वतका २-२ पुरुष तथा तनहुँका ६ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja