रोनाल्डोको दुई पेनाल्टी गोलमा हारबाट जोगियो युभेन्ट्स



पोखरा

 क्रिष्टीयानो रोनाल्डोले दुई पेनाल्टी गोल गर्दा इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स हारबाट जोगिएको छ । आइतबार बिहान भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई २–२ गोल बराबरीमा रोक्दै अंक बाडेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा एट्लान्टाका डुभान जपाटाले १६ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा युभेन्ट्स १–० गोलले पछि रहेपनि दोस्रो हाफको ५ औं अर्थात खेलको ५० औं मिनेटमा एट्लान्टाका खेलाडीले युभेन्टुसका खेलाडीमाथि फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहारलाई रोनाल्डोले गोलमा परिणत गरेपछि खेल १–१ बराबरी भएको थियो ।

१–१ गोल बराबरी रहेको खेलको ८० औं मिनेटमा रुस्लान मिलानोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

खेलमा २–१ गोलले पछि परेको युभेन्ट्सले अन्तिम मिनेटमा पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई पनि रोनाल्डोले गोलमा परिणत गर्दा २–२ बराबरीमा खेल टुङ्ग्याएको हो ।

योसँगै रोनाल्डोले यो सिजनमा सबै प्रतियोगिता गरि गोल संख्या ३२ पुर्याएका छन् । सिरी ए मा भने रोनाल्डोले खेलेका २८ खेलमा २८ गोल गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ३२ खेलबाट ७६ अंक बनाएको छ भने दोस्रो स्थानको लाजियोले ३२ खेलबाट ६८ अंक रहेको छ । अंक बराबरी गरेको एट्लान्टा ३२ खेलबाट ६७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja