विपन्न वर्गलाई प्याकेजमा कार्यक्रम, बजेटमा देखिएन




नेपाली कांग्रेस नेता तथा पुर्व गृह मन्त्री विमेलेन्द्र निधिले अहिले को बजेट लैङ्गिक उत्तरदायी बजेट नभएको बताउनु भयो ।नेपाली कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान महिला शसक्तिकरण फोरमको आयोजनामा जुम मार्फत गरिएको कार्यक्रममा नेता निधिले अहिलेको बजेटमा आशा गरेअनुरुप कोभिड –१९ लाई प्राथमिकतामा राखी हेल्थ प्याकेज नदेखीनु र महिला बालबालिका विपन्न वर्गको उत्थानको लागी प्याकेजमा बजेट नआउनु, बजेटको टारगेट नेकपा कार्यकर्ताको खल्ती भर्ने तिर जानु दुखलाग्दो भएको बताउनुभयो । ।त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता तथा पुर्व अर्थ राज्यमन्त्री उदय शम्मशेर राणाले ,वि.स. २००८ सालमा कांग्रेसका संस्थापक नेता सुर्वणशम्मशेर अर्थ मन्त्री हुंदा दिगो आर्थीक समृद्धिका लागी देशको आन्तरीक स्रोत साधन नै उपयोग गर्नु पर्ने कुरामा जोड दिई कार्यक्रम ल्याउनुभएको कुरा स्मरण गराउदै, नेता उदय शम्मशेर राणाले अहिलेको युवा दिगो आर्थिक क्रियाकलाप गर्न प्ररित हुने, बताउदै विश्व बैंकले दिएको डाटा अनुसार १५ लाख बढी बरोजगार हुने बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम उपयोगी नहुने ,बताउदै आन्तरिका स्रोत र साधन
उपयोग गरी दिगो आर्थीक कार्यक्रम अहिलेको बजेटमा नदेखिएको बताउनु भयो , कृर्षिमा आधुनिकरण भनीए पनि यो कार्यक्रम ल्याएर आधुनिकरण गर्ने भन्ने गाउँका किसानलाई टारगेट बजेट नदेखिएको बताउनु भयो ।

। कार्यक्रममा बोल्दै, कांग्रेस संसदिय दल सचेतक पुष्पा भुषालले मातृ मृत्युदर बढीरहेको अवस्थामा महिला प्याकेजमा कुनै बजेट नदेखिनुले सरकारको जनाताको पीर मर्का प्रतिको उदासिनता स्ष्पट देखिएको बताउनु भयो ।। कार्यक्रममा निग्मा ताम्राकारले लैङ्गिक बजेट विषयमा प्रशिक्षण दिनु भएको थियो । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले कोभिड –१९ लाई प्राथमीकता नराखी बजेट आउनु, विपन्न वर्ग लाई प्याकेजमा बजेट नआउनु, जस्ता जनता प्रतीका असंवेदनशिल व्यवहारले सरकार सर्वहाराको नाममा सर्वसत्तावादी प्रमाणीत भएको बताउनु भयो । । कार्यक्रममा विषयबस्तुको टिप्पणीकर्तामा इश्वरी न्यौपाने, मा. अनीता देबकोटा, मा. उमा रेग्मी, मा.पुष्पा भुषाल हुन भएको थियो । कार्यक्रममा बोल्दै सहभागीहरुले कोभिडको –१९को नाममा १० अर्ब बजेट सरकारको कुन कार्यमा खर्च भयो स्पष्ट जानकारी जनतालाई चाहिएकोले कांग्रेसले सरकारलाई खबरदारी गरी सत्य समाचार जनतामाझ पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नेता तथा देशभरिबाटै विभन्न स्थानीय निकायबाट स्थानीय प्रतिनिधि तथा नेवि संघ , तरुण दल , महिलासंघ र विभीन्न सामाजिक अभियान्ता, बुद्धिजिवी अर्थविद् को उपस्थिती अर्थात संलग्नता थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja