रहेनन् सलमान खानसँग ‘रेडी’मा काम गरेका छोटे अमर चौधरी
पोखरा
बलिउड कलाकार मोहित बघेलको २७ बर्षको उमेरमा निधन भएको छ । टेलिभिजन कमेडी शो’ छोटे मियाँ’ बाट आफ्नो करियर शुरुआत गरेका मोहितको क्यान्सरका कारण निधन भएको हो ।
मोहित बघेलको अचानक भएको मृत्युलाई बलिउडका कतिपय कलाकारले उदाउदो सुर्य अस्ताएको जनाएका छन् । मोहितको मृत्युलाई पुष्टि गर्दै कमेडी सर्कसका लेखक तथा निर्देशक साथै कमेडी नाइट्स विथ कपिलका निर्देशक राज शान्डिल्यले ट्वीट गरेका छन् ।
मोहित मेरे भाई इतनी जल्दी क्या थी जाने की? मैंने तुझसे कहा था देख तेरे लिए सारी इंडस्ट्री रुक गयी है जल्दी से ठीक होके आजा उसके बाद ही सब काम शुरू करेंगे, तू बहुत अच्छी एक्टिंग करता है,इसलिए अगली फिल्म के सेट पे तेरा इंतज़ार करूँगा…और तुझे आना ही पड़ेगा ॐ साई राम #cancer RIP
सानो पर्दाबाट अभिनय थालेका मोहितले ठुलो पर्दासम्म आफ्नो पहिचान बनाएका थिए । धेरै कम समयमा चर्चामा आएका मोहितले बलिउड अभिनेता सलमान खानका साथमा सुपरहिट फिल्म ’रेडी’मा स्क्रीन शेयर गरेका थिउ ।
रेडिमा मोहितले निभाएको छोटे अमर चौधरीको रोलले नै उनलाई बलिउडमा स्थापित गरेको थियो । यस अलावा उनले फिल्म ’उमा’ मा जिमी शेरगिल, संजय मिश्रा, ओम पुरी लगायतका कलाकारसं पनि स्क्रिन शेयर गरेका थिए ।