पर्सामा भेटिए ३९ जना कोरोना भाइरस संक्रमित



पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये ४ जना पत्रकार भएको नारायणी अस्पताल मे.सु. डा मदन उपाध्यायले जानकारी दिएका छन् ।

वीरगंजमा पहिलो एक पटक ३१ चैतमा तिन जना जमातीमा संक्रमण भेटिएको थियो। छपकैयामा एकै परिवारमा २८ जनामा संक्रमण पुष्टि भएको छ । बिरगंजका पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिड गर्दै आएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएकोमा थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja