समाजवादी पार्टीले गठन गर्यो ४० सदस्यीय
पोखरा
सत्तारूढ दल समाजवादी पार्टी नेपालले ४० सदस्यीय विज्ञपरिषद् गठन गरेको छ । मंगलबार काठमाडौंस्थित पार्टी कार्यालयमा पार्टीको थिंक ट्यांकका रूपमा काम गर्नका लागि विभिन्न क्षेत्रका विज्ञहरू सम्मिलित विज्ञ परिषद् गठन गरेको हो ।
यस परिषदमा योजना आयोगका पूर्वसदस्य पुष्पराज राजकर्णिकार प्रमुखका रूपमा चयन भएका छन् ।
साथै, सचिवमा समावेशीता विज्ञ तथा अभियान्ता ज्योत दनुवार चयन भएका पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।
अध्यक्ष भट्टराईले उक्त परिषद् गठन भएसँगै नयाँ युगको पार्टीमा क्रान्तिकारिता र विज्ञताको उचित फ्यूजन भएको बताएका छन् ।
सेतोपाटी बाट साभार