१०६ औं वि पि जयन्तिको उपलक्ष्यमा पोखरा बृद्धआश्रममा खाद्यान्न वितरण
पोखरा
भाद्र २४ गते मंगलबार १०६ औं वि पि जयन्तिको अवसरमा महत्गौडा अवस्थित पोखरा बृद्धआश्रममा पेक ईन्जिनियरिङ क्याम्पस ने वि संघ ईकाई समितिले खाद्यान्न वितरण गरेको छ ।
कार्यक्रममा इकाईका सभापति टेनिस श्रेष्ठ, पुर्व सभापति हेमन्त पाण्डे, पुर्व उपसभापति निरोज लामिछाने, नि वर्तमान कास्की जिल्ला सचिव संघर्ष कोईराला, स्वो वि प सचिव अनिश राजभण्डारी लगायत उपस्थित थियो ।सम्पुर्ण बिध्यर्थीद्वारा जननायक बि पि कोइरालाको फोटोमा माल्यअर्पण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । फलफूल, तरकारी, चामाल, बिस्कुट लगायतका खाद्यान्न पोखरा बृद्दाआश्रमका अध्यक्ष वसन्त कुमार पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेवि संघ पेकका पुर्व सभापती हेमन्त पाण्डेले वि पि का सिद्धान्तलाई स्मरण गर्दै इकाईले गरेको यो कार्य निकै सरानिय भऐको र विभिन्न निकायले यस बाट पाठ सिक्नु पर्ने बताए, । नि वर्तमान जिल्ला सचिब संघर्ष कोइरालाले सम्पुर्ण उपस्थित विद्यार्थीलाई शुभकामना दिदै यस्ता कार्यहरुमा सधै आफ्नो साथ र सहयोग रहने बाचा गरेका छन ।
कार्यक्रम समापन गर्दै इकाई सभापति टेनिस श्रेष्ठले नेपाली कांग्रेस, नेवी संघ र सम्पुर्ण भातृ संगठनका साथीहरुले वि पि का सिद्धान्तलाई आत्मसात गर्दै आगी बढ्नुपर्ने कुरामा जोड दिदै उपस्थित सम्पुर्ण र सहयोगी हातहरुलाई धन्यवाद दिदै इकाईले भविष्यमा यस्ता कार्यक्रम हरु गर्दै जाने कुरा बताए ।