एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो



पोखरा

महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताउनुभयो ।

उहाँका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५०० पुगेको छ । ४५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५०० कैदीबन्दी छन् ।

अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताउनुभयो ।

अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताउनुभयो । उहाँले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताउनुभयो ।

दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उहाँले बताउनुभयो ।

यता जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताउनुभयो । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja