क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता



पोखरा

अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ ।

डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । अधिकारीहरूले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएका २० जनामध्ये ११ जना महिला र ९ जना पुरुष रहेका छन् । हराइरहेकाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई खटाइएको पनि उनीहरूले बताएका छन् ।

आगलागी भएको बेला डुङ्गामा ३९ यात्रु रहेका थिए । बेपत्ता भएकाको भेटिने सम्भावना भने कम हुँदै गएको उद्धारकर्ताहरूको भनाइ छ । क्यालिफोर्नियाको तटीय क्षेत्रमा भएको दुर्घटनामा परेका पाँच जनालाई भने जीवितै उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja