लागु औषधसहित पक्राउ



तस्वीर : ठूलो परिमाणमा सप्तरीको राजविराज नगरपालिका–२ राजदेबी चोकबाट लागु औषधसहित पक्राउ परेका राजविराज नगरपालिका–२ का ४८ वर्षीय पञ्चदेव यादव । उनको साथबाट प्रतिबन्धित लागु औषध स्पास्मो प्रोक्सिभोन एक सय ५६ थान, नाइट्रेजेपान निट्राभेट एक सय ४६ थान, नाइट्रेजेपान ८९ थान, नाइट्राभेट ट्याब्लेट ५६ चक्की, डाइजेपाम ५० एम्पुल, लुपिजेस ५० थान, फेनार्गन ५० थान, डाइलेक्स दुई बोतल बरामद गरिएको छ ।

पोखरा

प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । राजविराज नगरपालिका–२ का ४८ वर्षीय पञ्चदेव यादवलाई राजदेवी चौक नजिकैबाट प्रहरीले लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।

राजदेवी चौकमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले जाँचका क्रममा यादवलाई पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेट ट्याब्लेट ५६ चक्की, स्पास्मो प्रोक्सिभोन १५६ थान, नाइट्रेजेपान ८९ थान, डाइजेपाम ५० एम्पुल, लुपिजेस ५० थान, फेनार्गन ५० थान, डाइलेक्स दुई बोतल र नाइट्रेजेपान निट्राभेट १४६ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

पक्राउ परेका यादवलाई सोमबार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja