जापानको रक्षा बजेटमा भारी वृद्धि



पोखरा

जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ ।

उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ ।

जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १.२ प्रतिशत बढी हो । तर जापानले विगत आठ वर्षदेखि लगातार रक्षा बजेटमा वृद्धि गरिरहेको छ । जापानले अमेरिकासँग छ वटा अत्याधुनिक एफ३५–बी लडाकू विमानको खरिदका साथै सामरिक महत्वका युद्धपोतको सुदृढीकरणमा खर्च गर्नेछ ।

उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण र आणविक कार्यक्रम अघि सारेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता बढाउनुभएको छ । साथै चीन र रुसले जापानी समुद्र आसपास सैनिक गतिविधि बढाएका कारण पनि जापानले आफ्नो प्रतिरक्षा बजेट वृद्धि गरेको हो ।

प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष जापानको सैनिक क्षमता सुदृढ गर्न पटकपटक प्रस्ताव गर्नुभएको छ । दक्षिण कोरियाले जापानसँग सैनिक गुप्तचर सूचना आदानप्रदान गर्ने पुरानो सम्झौता खारेज गरेपनि यसले जापानी सैन्य सुदृढीकरणलाई कुनै असर नगर्ने जापानी अधिकारीहरुले बताएका छन् ।

जापानको रक्षा मन्त्रालयले पछिल्लो अवस्थामा जापानी सैनिक क्षमतालाई अन्तरिक्ष, साइबर र विद्युत–चुम्बकीय समेतका क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja