पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए



पोखरा

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ ।

तालिबानको सारा केटा अर्थात रेड यूनिटको समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला जोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।

सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

सुरक्षा अधिकारी र तालिबान लडाकूबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ । मारिएका तालिबान लडाकूको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताउनु भएको छ ।

पहाडी प्रान्तहरुलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकू समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् ।

यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकू समूहले हालसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja