हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए



पोखरा

अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन् । जारी विज्ञप्तिकाअनुसार सोमबार अबेर राति करान वा मुन्जान जिल्लाको सधै अशान्त भई रहने एज्काजार क्षेत्रमा तालिबान लडाकूलाई लक्षित सो कारबाही भएको थियो । यस कारबाहीमा परी नौ तालिबान लडाकूको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए ।

यस कारबाहीको क्रममा लडाकू समूहले भण्डारण गरी राखेका गोलाबारुद्धलगायत अन्य हातहतियारहरु ध्वस्त भएका थिए । करान वा मुुन्जान जिल्लाको प्रमुख भागहरु नियन्त्रण गरिबसेका तालिबान लडाकू समूहले भने यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja