वडाध्यक्ष भण्डारीद्वारा आत्मसमर्पण



पोखरा

आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।

भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भण्डारीले सोमबार प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नुभएको हो । प्रहरीले भण्डारीलाई सोमबार दिउँसो कार्यालय समयसम्म उपस्थित नभए पक्राउ गर्ने सन्देश पठाएपछि भण्डारीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक सिलवालका अनुसार भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja