‘काश्मिर समस्या नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीको विश्वास: ट्रम्प



पोखरा

भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ ।

काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताउनुभएको हो । यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताउनुभएको थियो ।

तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उहाँले भन्नुभयो, “काश्मिर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो ।”

भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो । उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ ।

ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मिर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताउनुभयो । प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मिरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja