जी ७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो



पोखरा

विश्वका प्रमुख सात औद्योगिक समूह (जी ७) को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नु हुनेछ ।

औद्योगिक एवं धनी प्रजातान्त्रिक सात राष्ट्रमा अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा र इटाली रहेका छन् । यस समूहमा रुस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिका समेतका कैंयौं उदीयमान अर्थतन्त्र भएका मुलुकहरु समावेश छैनन् ।

यद्यपी भारत समेतका केही प्रमुख औद्योगिक एवं प्रजातान्त्रिक मुलुकका नेताहरुलाई अनौपचारिक छलफलका लागि आमन्त्रण गरिएको छ ।

जी७ का नेताहरुले शिखर बैठकको औपचारिक समापन हुनुअघि जलवायु परिवर्तन, विश्वलाई नै रुपान्तरित गरिरहेको डिजिटलाइजेसन र अरु जल्दाबल्दा विषयमा छलफल गर्दैछन् ।

फ्रान्सेली एटलान्टिक रिसोर्ट बियारिजमा जारी यस बैठकमा विश्व अर्थतन्त्रका जल्दाबल्दा विषयले अरु मुद्दाहरुलाई ओझेलमा पारेको छ ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बियारिजमा इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफलाई आमन्त्रण गरेर ठूलै साहस देखाउनुभएको छ । उहाँले इरानी आणविक कार्यक्रमका कारण उत्पन्न तनाब मत्थर बनाउने कुनै कुटनीतिक उपाय खोज्न इरानी विदेशमन्त्रीलाई बियारिजमा आमन्त्रण गर्नुभएको हो ।

तर अमेरिकी राष्ट्रपतिले आफूलाई इरानी विदेशमन्त्रीको भ्रमणबारे पूर्व जानकारी भएको तर आफूले इरानी प्रतिनिधिसँग भेटघाट नगर्ने स्पष्ट गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले इरानी आणविक कार्यक्रमप्रति मात्र आफ्नो मुख्य चासो रहेको स्पष्ट गर्दै इरानमा सत्ता परिवर्तन गर्ने आफ्नो कुनै योजना नरहेको बताउनुभयो ।

“अहिल्यै भेट्ने बेला भएको छैन, म अहिल्यै भेट्न पनि चाहन्नँ,” ट्रम्पले संवाददाताहरुलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja