विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा



पोखरा

अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा गएको राती अफगान विशेषबलले तालिबान लडाकूविरुद्ध शुरु गरेको कारबाहीको क्रम आठ सैनिक र सात सर्वसाधारण रिहा भएका हुन् । यस कारबाहीको क्रममा तालिबान लडाकू समूहको विस्फोट पदार्थको भण्डार पनि ध्वस्त गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

लडाकूबाट मुक्त गराइएका ती व्यक्तिहरुलाई सेनाको शिवीरमा ल्याइएको र उनीहरुको चिकित्सकद्धारा शाररिक जाँच शुरु गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । इमाम साहिब जिल्ला भरी नै तालिबान लडाकू समूहले बारम्बार सर्वसाधारण नागरिक र डियुटीमा नभएका अवस्थाका सेनालाई अपहरण गर्ने गरेका छन् । बिशेष सेनाको यस कारबाहीको बिषयमा तालिबान लडाकू समूहले भने केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja