सेनाको रु ६ अर्ब बेरुजु फछ्र्योट



पोखरा

नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

आव २०७५/७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६।३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उहाँले बताउनुभयो । नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ । सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु रु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा रु ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ ।

पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja