एभिसी भलिबलः उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा



पोखरा

घरेलु मैदानमा पहिलो पटक आयोजना भएको एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको फाइलनमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन् ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बिहिबार सम्पन्न सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ अङ्कले हरायो ।

यस्तै बिहिबार भएको अर्को सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई ३–० सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको हो । किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ अङ्कले पराजित गरेको हो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja