१२० जनालाई व्यावसायिक तालीम



पोखरा

लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ ।

क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो । विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो ।

“तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८० र नगरपालिकाबाट २० जनालाई सहभागिता गराइनेछ”, थापाले भन्नुभयो, “त्यसका लागि पनौती नगरपालिकाबाट चार लाख र पनौती उद्योग वाणिज्य सङ्घबाट चार लाख गरी आठ लाखको चेकसमेत हस्तान्तरण भैसकेको छ ।” तालीमका लागि अलकापुरी व्यावसायिक तालीम केन्द्रसँग समन्वय भइसकेको क्लबले जनाएको छ ।

नगरभित्रका युवायुवतीहरुलाई व्यावसायिक सीपयुक्त बनाई आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja