रवीन्द्र मिश्रको पार्टीमा ‘मिस नेपाल अर्थ’को प्रवेश
पोखरा
२०१८ की ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा प्रवेश गरेकी छन् ।
साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले २४ वर्षीया सिग्देललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष हुन् ।