ऐतिहासिक भैरव नाच: फोटो फिचर प्रकाशित मिति : 19 August, 2019 3:17 pm By : Samuel Shrestha तस्वीर : गाईजात्राको अवसरमा आइतबार राति मध्यपुर थिमि बालकुमारी मन्दिर परिसरमा ऐतिहासिक लाय्कू भैलः (लायकू भैरव) नाच प्रदर्शनी गर्दै स्थानीयवासी । यो नाचमा दुई भैरव, दुई दायगी र एक ज्यापुगचा रहने छ । विगत ४५ वर्ष वर्षदेखि आर्थिक लगायत विभिन्न कारणले प्रदर्शनी हुन नसेको लायकू भैलः चार वर्षदेखि निरन्तर प्रदर्शनीमा ल्याइएको छ । भैरव नाच गाईजात्राको भोलिपल्टदेखि चारदिनसम्म लायकू, दथुटोल, दिगुटोल, बालकुमारी, मरुटोललगायत क्षेत्रमा राति राति प्रदर्शनी गरिन्छ ।