रवि लामिछानेलाई कांग्रेसको साथ: सभापति देउवाले रविलाई पठाए पत्र
![](https://www.pokharaaaja.com/wp-content/uploads/2019/08/Sher_Bahadur_Deuba_in_a_meeting.2e16d0ba.fill-650x500.jpg)
पोखरा
पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनको छानबिनका लागि पत्रकारद्वय रवि लामिछाने , युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई न्यायिक हिरासतमा लिएर उनीहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै देशविदेशमा उनको पक्ष र विपक्षमा विचार र वहस भइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने रवि लामिछानेको पक्षमा उभिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहेको भन्दै पत्र पठाएको विषयले चर्चा पाएको छ । सो पत्रमा लामिछानेलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको उल्लेख गरिएको छ ।