लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार



पोखरा

लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताउनुभएको छ ।

उहाँले आप्रवासीहरु एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिनुभयो । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।

उद्धार गरिएका ती आप्रवासीहरुमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताउनुभयो ।

संयुक्तराष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले लिबिया पछिल्लो समय आप्रवासीका लागि सुरक्षित मुलुक नरहेको बताएको छ । युएनएचसिआरले उद्धार गरिएका आप्रवासीलाई लिबियाली हिरासतमा नराख्न बारम्बार अनुरोध गरिआएको छ ।

अफ्रिका र अरब मुलुकबाट युरोप प्रवेश गर्नेक्रममा आप्रवासीहरुले लिबियाली जलक्षेत्रको मार्ग प्रयोग गर्ने गरेका छन् । असुरक्षित डुङ्गाबाट यात्रा गर्ने भएकाले धेरै आप्रवासीको डुबेर मृत्यु हुने गरेको छ ।

मौसमी अनुकूलता भएपछि आप्रवासीहरुले लिबियाको पश्चिमी जलक्षेत्र रोज्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja