जगदम्बाश्री र मदन पुरस्कार घोषणा



पोखरा

मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ ।

सो गुठीको आइतबार भएको साधारणसभाले तेस्रो आयाम साहित्यक अभियानका एक आरम्भकर्ता बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री र ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो । सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja