चाडमा सङ्कटकालको घोषणा



पोखरा

चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गर्नुभएको छ ।

अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उहाँले सङ्कटकालको घोषणा गर्नुभएको हो ।

अहिले सङ्कटकाल घोषणा गरिएको क्षेत्रमा भएको भिडन्तमा परी यही महिनाको झण्डै दश दिनमा चार दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रपतिले घोषणा गरेको सङ्कटकाल तीन महिनाका लागि हो । अधिकारीहरुले दिएको जानकारी अनुसार सङ्कटकाल लागु गरिएको क्षेत्र सिला र औड्डाइमा यही अगस्ट ९ देखि अहिलेसम्ममा ५० जनाको मृत्यु भएको छ ।

आन्तरिक द्वन्द्व भएको ठाउँमा पशु गोठाला र आदिवासी कृषकहरुबीचमा झडप हुने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja