निर्णय फिर्ता लिन कबाडी व्यवसायीको माग



पोखरा

कबाडीसम्बन्धी काम गर्ने व्यवसायीले साना व्यवसायप्रति हेर्ने दृष्टिकोण फरक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले ठूला व्यवसायीले साना व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक हुन नसकेकोसमेत आरोप लगाए । काठमाडौँको बालाजुमा भएको नेपाल कवाडी मजदूर व्यवसायी सङ्घको वार्षिक साधारणसभाका क्रममा सङ्घका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले साना व्यवसायी सबै क्षेत्रबाट मारमा परेको उल्लेख गर्दै कबाडीमा १३ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो ।

सङ्घका सल्लाहकार विवेक सिलवालले सरकारी नियमले व्यवसायी मारमा परेको उल्लेख गर्दै कबाडी व्यवसायीमाथि लगाएको भ्याटको निर्णय फिर्ता गर्न माग गर्नुभयो । फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो । सङ्घका काठमाडौँ अध्यक्ष सञ्जय यादवले कबाडी व्यवसायी साना व्यवसायी भएकाले सरकारले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउँदै ठूला व्यवसायीको दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

सङ्घका सचिव शुक्रबहादुर लामाले फोहरलाई मोहर बनाउँदै कबाडी व्यवसायीले स्वरोजगार र राज्यलाई कर तिरिरहेकाले राज्यको व्यवहारमा परिवर्तन आवश्यक भएको औँल्याउनुभयो । कार्यक्रममा पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले कबाडी व्यवसायीले देशका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै देश सफा र सुन्दर बनाउन साना व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja