म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुग्यो



पोखरा

म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ ।

स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो । गत जनवरी १ देखि यही अगस्त १६ सम्ममा स्वाइनफ्लूको सङ्क्रमण ४६३ जनामा भेटिएको पुष्टि भएको थियो ।

यसअवधिमा सबैभन्दा धेरै जनाको मृत्यु याङ्गन क्षेत्रमै भएको छ । यस क्षेत्रमा ६६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी १२ जनाको मृत्यु भएको एयेयार्वाडी दोस्रो धेरै जना मृत्यु हुने ठाउँमा परेको छ भने तेस्रो धेरै जनाको मृत्यु बागोमा भएको छ । बागोमा सात जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja