थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु



पोखरा

थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् ।

भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए ।

प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ । राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो । उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja