बगेर बालिका बेपत्ता



पोखरा

सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन्् । आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् ।

उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको उहाँले बताउनुभयो । पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दिपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो ।

सेती नदीमा गएको वैशाखयता बगेर आठ बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja