गोसाइँकुण्डमा १० हजार भक्तजन



पोखरा

जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ । मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो । प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।

यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइ रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पौराणिक धार्मिक तीर्थमा पाल्पा, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, चितवन, नवलपरासी, बाँके, मकवानपुर, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा, उदयपुरसमेतका जिल्लाबाट भक्तजन तीर्थ गर्न गएको बताइएको छ ।

पवित्र तीर्थको मेला भर्न गोसाइँकुण्ड पुगेका सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र धार्मिक मार्ग पूरै खाली भइसकेका कारण अस्थायीरूपमा राखिएका धार्मिक मार्गको सबै छाप्रा थर्कु हटाउने कार्य अगाडि बढिसकेको स्थानीय व्यवसायीले बताएका छन् । धार्मिक मार्गमा यात्रुबाट फ्याँकिएका फोहर सङ्कलन र व्यवस्थापनका लागि सहभागितामूलक तरिकाले हातेमालो गरी अगाडि बढ्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले धार्मिक मार्गका सबै होटल व्यवसायीसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja