अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ



पोखरा

चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ ।

अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३० हजार थान गोली र ५० किलोग्रामभन्दा बढी बारुद पनि बरामद गरिएको जनाएको छ । प्रहरीले यस बारेमा गत बर्ष सन् २०१८ को अन्त्यदेखि नै श्रीङ्खलाबद्ध रुपमा निगरानी गर्न थालेको जनाएको छ । लागु औषधसम्वन्धी घटनाहरुका बारेमा अनुसन्धान गर्दै जाँदा बन्दुक कारोबारका बारेमा थाहा हुन थालेको प्रहरीको भनाई छ ।

तीन महिनासम्मको अनुसन्धानपछि अनलानईनबाट देश विदेशमा बन्दुक किनबेच हुनेगरेको पत्ता लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja