चिनियाँ उद्यमहरूमाथि गलत अभ्यास रोक्न चीनको अमेरिकालाई आग्रह



पोखरा

चीन र अन्य मुलुकहरूको चासोलाई बेवास्था गरी एकपक्षीय र संरक्षणवादी नीति अघि ल्याउने अमेरिकी अभ्यासको चीनले कडारूपमा विरोध रहने चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

प्रवक्ता हुआ चुन्यिङले सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा भन्नुभयो, “अमेरिकी वाणिज्य मन्त्रालयले चाइना जनरल न्यूक्लियर पावर कर्पोरेशन (सीजीएन) र यस अन्तर्गतका सहयोगी संस्थालाई यही अगस्ट १३ गते अमेरिकी बाणिज्य मन्त्रालयको ‘निगरानी सूची’ मा राखेकोप्रति चीनको ध्यानाकर्षण भएको छ ।”

“अमेरिकी उक्त कदमले राष्ट्रिय सुरक्षाको धारणालाई अपमानित गरेको छ, जसले चिनियाँ निर्यात नियन्त्रण गर्नुका साथै चिनियाँ कम्पनीका सार्थ अमेरिकी तथा अन्य मुलुकको व्यवसायलाई पनि प्रभावित तुल्याएको छ,” हुआले भन्नुभयो ।

उहाँले थप्नुभयो, “चीन चाहन्छ अमेरिकाले उचितरूपमा यस विषम परिस्थितिबारे निर्णय लिनेछ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja