लागुऔषधसहित दुई पक्राउ



पोखरा

मकवानपुर प्रहरीले ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

हेटौँडा–१० बसपार्कबाट वीरगन्जतर्फ जाँदै गरेको बा५ख १८२५ नंको मिनीट्रकमा ५९ किलो ५८० ग्राम गाँजा फेला परेकाले मिनीट्रकसहित ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने वर्ष २० का भिमसेन मोक्तान र सोही ट्रकमा सवार वर्ष २६ का रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी हेटौँडा १९ नेवारपानी बीचटोलस्थित धानखेतमा लुकाएर राखिएको गाँजा प्रहरीले बरामद गरेको छ ।

ओसारपसार गर्ने उद्देश्यले कालो प्लाष्टिकमा प्याकिङ गरेर राखिराखेको अवस्थामा ५३ किलोग्राम गाँजा बरामद गरिएको र यसमा सम्लग्न व्यक्तिबारे खोजबिन भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja